मंगलवार देखि काठमान्डाै लगायतका उपत्यकाका ललितपुर, भक्त्तपुर जिल्लाहरुमा मदिरा ब्यावसाय संचालन हुने भएको छ । काठमान्डौ जिल्ला प्रशासन कार्यालयले एक साताका लागि निशेधाज्ञा थप गदै दैनिक संचालन हुने विभिन्न ब्यावसायहरुको सूचि सार्वजनिक गर्दै अन्य ब्यावसाय अन्तरगत मदिरा ब्यावसाय लाइ पनि संचालनका लागि अनुमति दिएको छ । सोमबार जारि सुचना पछि मंगलवार विहान ११ वजे देखि बेलुकी ६ वजे सम्म उपत्यकाका सबै मदिरा पसलहरु संचालन हुने छन । यस अधि विभिन्न ब्यावसायहरु संचालन हुदै आएपनि मदिरा ब्यावसाय संचालनका लागि कुनै निर्णय नगरिएको भन्दै नेपाल मदिरा ब्यावसायी महासंघले विरोध गदै आएको थियो ।