अब केही बेरमा निषेधाज्ञा बारे निर्णय हुनेछ । काठमाडौ सहित उपत्यकाका तीन जिल्लामा भोलीबाट हुने निषेधाज्ञका बारेमा निर्णय गरिनेछ । अब भने निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निर्णय भएको छैन ।स्रोतका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएका छन् ।