नबिल बैंक लिमिटेडले ८९ जना कर्मचारीको माग गरेको छ । कम्पनीले बुधबार एक सुचना जारी गर्दै विभिन्न पदमा कर्मचारीको माग गरेको हो ।

कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट ट्रेनी असिस्टेन्टमा ७० जना, सुचना प्रविधि (आइटी)मा ४ जना र म्यानेजमेन्ट ट्रेनीमा १५ जना कर्मचारीको माग गरेको हो ।
बैंकले सार्वजनिक गरेको सुचना गरेको अनुसार २८ वर्ष भन्दा धेरै उमेर भएका अर्थशास्त्र, कम्प्युटर, व्यवस्थापन र इन्जिनियरीङमा स्नाकोत्तर पास गरेका उमेद्वारहरुले आवेदन दिन सक्ने जनाएको छ ।