काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा हाल सञ्चालनमा रहेको अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ ।विगत पाँच वर्षदेखि अस्थाई बसपार्क सञ्चालन हुँदै आएको खुलामञ्च खाली गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको हो ।बिगत एक महिनाअघि पहिलो चरणमा केही संरचना हटाइसकेको खुलामञ्चमा रहेको बसपार्क अन्यत्र सार्ने र बाँकी रहेका निर्माण सामग्री हटाउने काम भईरहेको छ ।