राम्रो काम लगाइदिने बहाना बनाउँदै सिन्धुपाल्चोकका दुईजना महिलालाई विराटनगर बोलाएर भारत लैजान खोज्ने दुईजना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ का २३ र ३१ वर्षीया महिलालाई झुक्याएर भारत लैजान खोज्ने विराटनगर– १५ का ३४ वर्षीय काजी तामाङ र विराटनगर– १६ का ५० वर्षीय प्रेमबहादुर मगर पक्राउ परेका हुन् ।
उनीहरूले होटेलमा आकर्षक रोजगारी दिलाउने बहानामा दुई महिलालाई भारत लैजाँदै गर्दा प्रहरीले २१ फागुनमा नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।