नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनकै घरबाट गिरफ्तार गरेको हो । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसूरको अभियोग लगाइएको छ । उनलाई प्रहरीले राज्यविरुद्धको कसूर दफा ५८ लगाएर पक्राऊ पूर्जी जारी गरेको छ । प्रहरीले शंखमूलस्थित घरमा पुगेर पक्राऊ पुर्जी थमाएको छ । पक्राऊ पूर्जी बुझेपछि झाँक्रीले सम्बोधन गरेकी छिन् । त्यसपछि उनले गिरफ्तारी दिइन् ।