संसद विघटनविरुद्ध विवेकशील पार्टीले विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णय असंवैधानिक भन्दै विवेकशील पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो।प्रदर्शनका क्रममा उनीहरुले ‘असंवैधानिक संसद विघटन खारेज गर’, ‘यो समय भ्याक्सिनको हो, ‘कु’ मतिमा नलाग्नुहोस् प्रमज्यू’ लेखिएका प्लेकार्डहरु बोकेका थिए ।