अन्तरबैंक एटीएम कारोबारमा आजदेखि शुल्क लाग्ने भएको छ । एउटा बैंकको कार्ड अर्को बैंकको बुथमा प्रयोग गर्दा आजदेखि शुल्क लाग्ने भएको हो ।राष्ट्र बैंकले भदौ १४ गतेदेखि लागु हुनेगरी निःशुल्क गरेको सो सेवा प्रयोगबापत आजदेखि शुल्क लिन पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकको परिपत्र अनुसार अब बैंकहरुले प्रत्येक कारोबारबापत अधिकतम २० रुपैयाँसम्म सेवा शुल्क लिन पाउनेछन् ।