धादिङ १० धादिङ जिल्ला साबिक गोगनपानी गा .वि.स वाड.न ८ हाल थाक्रे गाउँपारिका वाड.न ११ मा रहेको गोगनपानी सानाकिसान सहकारी सस्थाको प्रवन्धक शिव बहादुर थापाले रू १७ लाख १० हजार ४ सय ४२ रुपैयाँ र सहायक प्रवन्धक राजन श्रेष्ठले रू ५० लाख ३५ हजार २ सय २२ रुपैयाँ शेरसदस्यको नाममा कृति गरि हिनामिना गरेको र सो रकमको बिषयमा जिल्ला प्रसासन कार्यालयमा उजुरी दर्ता गर्दै समेत प्रसासनले समेत कुनै वास्त नगरेको शेरसदस्यको दाबी छ। ईराका प्रहरी कार्यालयले समेत ति भस्टचारीहरु लाई छानबिन गर्नुपर्नेमा तिनिहरुलाई बचाउन लागिपरेका भन्दै शेरसदस्यको दुख व्याक्त गरेका छन् । आफुखुसी गलत तरिकाबाट ऋण प्रवाह भएको र वर्तमान अवस्थामा विभिन्न शेयर सदस्यहरुको समेत गुनासो प्राप्त भएको आधारमा छानविन समिति बनाई छानविन गर्दा उक्त रकम फर्जी देखिएको अवस्थामा कर्मचारीहरुले राजीनामा दिएको अवस्था र निजउपर छानविनमा देखिएको रकम असुलउपर गरिसकिएको र वाँकी छानविन प्रकृयाको लागी निजहरुको सम्पत्ती समेत दृष्टि वन्धकी गरी छानविन प्रकृया अगाडी बढेको जानकारी गराएको पाएको छ।