कोरोना महामारीका समयमा अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेशको पालना सरकारले नगरेपछि सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीलाई जवाफ दिन आदेश दिएको छ ।
सर्वोच्चले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्रीलाई यस्तो आदेश दिएको हो । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेशको पालना कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दियएको हो वा होइन भन्ने विषयमा आफैं वा कानूनी प्रतिनिधिमार्फत जवाफ दिन प्रधानमन्त्रीलाई आदेश दिएको हो ।