अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब छिटै नै कोरोना भाइरसको खोप पाउने बताएका छन् । एरिजोनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस नियन्त्रणको लागि अमेरिकाले उत्कृष्ट काम गरेको दावी पनि गरे ।
मानिसहरुलाई उनीहरुको योग्यता अनुसारको रोजगारी दिनु जरुरी रहेको उनको भनाइ छ । रोजगारी सिर्जना गर्न नसकेमा अर्को समस्या आउन सक्ने ट्रम्पले उल्लेख गरेका छन् । ट्रम्पले अमेरिकाको अर्थतन्त्रलाई यसबाट बचाउन तीन अर्ब डलरको कोषका लागि विधेयक पास गरेको पनि उल्लेख गरे ।