वीरगञ्जको गण्डकस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा उपचाररत डेढ र ३ वर्षका २ बालक र उनकी आमासहित ११ जना कोरानालाई जितेर घर फर्किएका छन् । अस्पतालमा उपचाररत रहेका ४३ मध्य ११ जनालाई आज डिस्चार्ज गरी घर पठाइएको हो।
डिस्चार्ज हुने पर्साको सखुवा प्रसौनी गाँउपालिका २ गुलरीयाका डेढ र ३ वर्षका २ बालक र उनीहरुकी आमा गरी ३ जना छन । त्यस्तै जगरनाथपुर गाँउपालिका–६ का ८ जना पनि डिस्चार्ज भएका छन ।