भारत-पाकिस्तान सिमा क्षेत्रमा गोली हानाहान भएको छ । जम्मू-काश्मीरको पुंछ र कठुआमा रहेको सिमा क्षेत्रमा भारतीय सैनिक र पाकिस्तानी सैनीकबीच गोली हानाहान भएको हो । पाकिस्तानी सैनिले फयरिङ सुरु गरेपछि दुई पक्षबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
उनीहरुबीच लगाता साढे चार घण्टा झडप भएको थियो । भारतीय पक्षले भने आफ्नोतीर कुनै प्रकारको क्षती नभएको दाबी गरेको छ । यसैगरी भारत र चीन सीमाविवाद तातिरहेको छ । गल्वान क्षेत्र मा तनावको स्थिती सिर्जना भएको देखिन्छ।