काठमाडौँ, ८ असार : राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
मन्त्री परिषद्को बैठकले कोभिड–१९को कारण यो वर्ष स्थगित एसईई परीक्षाको अन्तिम मुल्याङकन विद्यालयबाट गर्ने निर्णय गरेपछि बोर्डले सदस्य सचिव अर्यालको संयोजकत्वमा तीन सदस्य समिति बनाएको थियो ।