कैलाली, असार ७ । सुदूरपश्चिममा आइतबार ७६ जनामा कोरोना पुष्टि भएको छ ।धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४३ र काठमाडौंमा भएको परीक्षणमा ३३ गरी ७६ जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौंमा भएको परीक्षणमा डोटीका दुई महिला, १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुरामा तीन महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो ।
यता धनगढीस्थित पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी गराए ।
यता धनगढीस्थित पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी गराए ।