काठमाडौं, असार ५ । सरकारले शुक्रबार (आज) रातिदेखि लागू हुनेगरी राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँड्डुलमा प्रतिबन्ध लगाएको छ ।
गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड लागू गर्दै अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा पूर्णरुपमा रोक लगाएको हो ।