कतारबाट २० जना नेपालीको शव काठमाडौं ल्याइएको छ । कतार एयरवेजको चार्टर्ड विमान २० जना नेपालीको शव लिएर त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणबाट मृत्यु भएका नेपालीको शव ल्याइएको हो । कोरोना सङ्क्रमणको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएको शव वैदेशिक रोजगार बोर्ड र कतारमा रहेको नेपाली दूतावासको समन्वयमा मृतकका सम्बन्धित रोजगारदाताले पठाइदिएका हुन् ।
