काठमाडौँ । नेपालको संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा तथा निशान छाप पारित गरेसँगै भारतमा नेपालविरोधी आवाजहरू उठ्न थालेका छन् ।
लामो समयदेखि भारतको नियन्त्रण रहेको उक्त क्षेत्रलाई समेट्दै सरकारले नक्सा सार्वजनिक गरेसंगै भारत नेपालसँग चिढिएको हो । भारतीय मिडियाहरू नेपालमामाथि खनिइरहेका बेला भारतीय नागरिकहरूले पनि नेपालको विरोध गरिरहेका हुन् ।
आफूलाई अल इन्डिया मजजिस इत्तिहादुल मुस्लिमीनन पार्टीका कार्यकर्ता बताउने इसरार अहमद नामको फेसबुकबाट नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो सार्वजनिक भएको हो ।