अछाम जिल्लामा बिहीबार एकैदिन २९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । उनीहरूमध्ये २३ जना मेल्लेख र ६ जना साँफेबगरका हुन् । संक्रमण पुष्टि भएकाहरूमा दुई वर्षकी बालिकादेखि २८ वर्षसम्मका पुरुषहरू छन् । त्यसमध्ये एक जना २३ वर्षीया महिलामा समेत संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देवराज जोशीले जानकारी दिए
उनका अनुसार संक्रमित २८ जना नै मेल्लेख गाउँपालिका– ४ का हुन् । त्यस्तै संक्रमण पुष्टि भएका जिल्लाको साँफेबगर नगरपालिका– ११ देवीस्थानका ६ जना पनि भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरू हुन् । स्वास्थ्य कार्यालय अछामका अनुसार गएको जेठ २८ गते स्वाब संकलन गरी पठाइएकोमा टेकु अस्पताल काठमाडौंले बिहीबार उनीहरूको रिपाेर्ट दिएको हो । अछाममा एकैपटक यति ठूलो मात्रामा कोरोनाको संक्रमण देखिएको यो पहिलोपटक हो ।