महोतरीको सम्सी गाउँपालिका ७२ घण्टासम्मका लागि सिल गरिएको छ । बुधबार बसेको जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी ७२ घण्टा सम्मका लागि गाउँपालिकालाई नै सिल गर्ने निर्णय गरेको हो । यस अवधिमा अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा गाउँपालिकामा प्रवेश गर्ने र गाउँपालिकाबाटबाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको महोतरीका प्रमुख जिल्लाअधिकारी कुष्ण बहादुर कटुवालले बताए । सम्सीमा गएको दुई दिनमा २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित महोतरीमा ५ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ