गण्डकी प्रदेशमा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचना अनुसार प्रदेशका दुई जिल्लामा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरु पूर्वी नवलपरासी र पर्वतका हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ । त्यस्तै गुल्मीमा आज थप १० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा आठ महिनाको शिशु पनि रहेका छन् ।
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रेसुङ नगरपालिकाका ९ जना र सत्यवति गाउँपालिकाका एक जनामा संक्रमण देखिएको हो । उनीहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु हुन् ।