गुल्मीमा मंगलबार थप ११ जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकाका ८ जना र रेसुङ्गा नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो । यसअधि जिल्लाका दुई जनाको कोरोना संक्रमणकै कारण मृत्यु भईसकेको छ ।