चितवनको भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालका अनुसार संक्रमितमध्ये एक जना भरतपुर महानगरपालिका चौधका छत्तिस वर्षीय पुरुष छन् ।
नवलपुर वौदीकाली ४ का २० वर्षीय युवक, अर्घाखाँचीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भूमिकास्थानका २० वर्षीय एक युवक र पैतिस वर्षीय दुई पुरुषमा संक्रमण पुष्टि भएको हो ।