बाँकेमा आज थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा दुई स्थानीय तहका पाँच जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा खजुरा गाउँपालिका वडा नम्बर चारका ३० देखि ४१ वर्ष उमेर समूहका चार पुरुष रहेका छन्।
नेपालगन्ज उपमहानगरपालिका १४ का ४३ वर्षीय १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा कोरोना संक्रमित हुनेको संख्या ३ सय २५ पुगेको छ । तिमध्ये १ सय ८० जना निको भएर घर फर्केका छन् । एक जनाको मृत्यु भएको छ।