एजेन्सी, जेठ ३२ पर्सामा आज थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । बिरगंजको नारायणी अस्पतालको प्रयोगशालामा भएको पिसिआर परिक्षणमा १४ पुरुष र महिला तीन महिलामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरूमा पोखरीया क्वारेन्टिनका दश , बिन्दवासनी र सुगौली क्वारेन्टिनका दुई–दुई, जिराभवानी, धोबिनी, पर्सागढीका एक–एक जना रहेका छन् । उनीहरूको जेठ २५ र २६ गते स्वाव संकलन गरिएको थियो । पर्सामा ३६ वटा क्वारेन्टिनमा एक हजार सात सय ७९ जना बसिरहेका छन् ।