तिलाचन पाण्डे, तम्घास, ३२ जेठ । गुल्मीमा कोरोना सङ्क्रमित एक क्यान्सर रोगीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राती १० बजे मृत्यु भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए।
मृतक व्यक्तिमा जेठ १२ कोरोना सङ्क्रमण पुष्टि भएसँगै रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनी विगत २ वर्षदेखि क्यान्सर रोगले पीडित थिए।