नेपाल विद्यार्थी संघले कक्षा ११ को परीक्षा आन्तरिक मूल्याकंन पद्धतिबाट टुंग्याइ १२ को परीक्षालाई राष्ट्रिय परीक्षाको मान्यता दिन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलाई सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदैं सबै विद्यालयलाई `होम सेन्टर` र नजिकको विद्यालयलाई अव्जरभेसन गर्ने गरी महामारीको न्युनिकरण पश्चात परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न माग गर्दै नेविसंघले मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।
यसका साथै महामारीले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई कम गर्न र यसबाट उत्पन्न चुनौतीको सामना गर्न ठोस कार्ययोजना बनाइ अघि बढोस भन्दै नेविसंघले १६ बुँदे ज्ञापनपत्र बुझाएको हो।