काठमाडौं सहित देशका विभिन्न स्थानमा आज पनि पनि सरकार विरुद्ध प्रदर्शन भएको छ । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै युवाले मुलुकका प्रमुख शहरमा प्रदर्शन गर्न गरेका हुन् । काठमाडौंको माइतीघर मण्डलामा युवाहरुले सामाजिक दुरी कायम गरेर प्रदर्शन गरेका छन् ।
आजै सुर्खेत, झापा, नवलपरासी, भक्तपुर लगायतका स्थानमा समेत प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले कोरोनाको पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र आइसोलेसन सुधार गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई सुरक्षितसाथ नेपालमा ल्याइनुपर्ने माग राखेका छन्