नेपालको नयाँ नक्सालाई निशान छापमा राख्न ल्याइएका संविधान संशोधन विधेयकमाथि प्रतिनिधिसभामा आज मतदान हुंदैछ ।जेठ ९ गते दर्ता भएको नेपालको संविधान दोस्रो सशोधन विधेयकमा हिजोसम्म संशोधन दर्ताको समय थियो ।
संशोधनको अवधि सकिएलगत्तै पारित गर्ने प्रक्रिया अघि बढाइएको हो ।संघीय संसद सचिवालयको आज १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित नै गर्ने गरी सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ ।
संंसदमा प्रतिनिधित्व गर्ने सबै दल संशोधन विधेयकको पक्षमा छन् ।जेठ २७ गतेको प्रतिनिधिसभा बैठकमा भएको सैद्धान्तिक छलफलमा सबै दलहरुले विधेयकको पक्षमा मतदान गर्ने प्रतिबद्धतासहित अतिक्रमण गरेको भूमि फिता गर्न भारतलाई आग्रह गरेका थिए ।
भारतले अतिक्रमण गरेका लिम्पियाधुरा,कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो ।