लमजुङको ‘क्वारेन्टिन’मा बस्दै आएकाहरुले ‘पीसीआर रिपोर्ट’ छिटो सार्वजनिक गर्न माग गरेका छन् ।क्वारेन्टिनमा लामो समयसम्म बस्नुपरेको र स्वाब संकलन भएको दुई हप्ताभन्दा बढी भइसक्दा पनि रिपोर्ट नआएको भन्दै उनीहरुले सार्वजनिक गर्न माग गरेका हुन् ।
लमजुङभन्दा अरु जिल्ला जोखिममा रहेको र धेरै संख्यामा पीसीआर परीक्षण गर्नुपर्ने भएकाले लमजुङमा संकलित स्वाबको रिपोर्ट आउन ढिला भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।लमजुङबाट पोखरा पठाइका ५९ जनाको स्वाबको रिपोर्ट आउन बाँकी छ ।