काठमाडौं, ३१ जेठ । यस वर्ष एसईईको परीक्षा नलिई आन्तरिक मुल्यांकनबाट मिलाउने निर्णय भएपनि कक्षा ११ र १२ को परीक्षा भने हुने भएको छ । तर, परीक्षा कहिले हुने भन्नेबारे शिक्षा मन्त्रालयले खुलाएको छैन ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ११ र १२ को भने परीक्षा लिनैपर्ने हुने बताए । पोखरेलले एसईई नै खारेजी नहुने बताए । एसईईको इतिहास लामे भएको भन्दै उल्लेख गर्दै भने, ‘अहिले पनि प्रहरी, सेना र सरकारी सेवामा जाँदा श्रमबजारमा कामसँग पनि गाँसिएको छ । अहिलेसम्म यो प्रमाणपत्रलाई लोकसेवाले पनि मान्यता दिइरहेको लगायतका धेरै पक्षहरु छन् ।’ एसईई नै खारेजीको विषयमा अझै छलफल नपुगेको बताए ।