सप्तरीमा कोरोना संक्रमित दुई सुरक्षाकर्मी,एक महिला सहित १७ जना निको भएर घर फर्केका छन् । दुई सातादेखि राजबिराजस्थित साईकृष्णा मेडिकल को अस्थायी आईसोलेशनमा रहेकाहरु कोरोनामुक्त भएका हुन् ।
उनीहरुलाई गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दास लगायतले पुष्पगुच्छा सहित बिदाई गरेका छन् ।