३० जेठ, काठमाडौं । कुवेतमा अलपत्र परेका नेपालीमध्ये थप १५० जना शुक्रबार काठमाडौं आउँदैछन् । बिहीबार ५ सय ३१ जना महिलालाई काठमाडौं ल्याएको सरकारले प्राथमिकताका आधारमा शुक्रबार पुनः १५० जनालाई ल्याउन लागेको हो ।
विमानस्थलबाट साझा यातायातको बसमा राखेर उनीहरुलाई उपत्यकामा तयार गरिएको होल्डिङ सेन्टरमा लगिनेछ । बिहीबार ल्याइएका ५३१ जनामध्ये दुई जना गर्भवती महिला छन् ।उनीहरुमध्ये सम्बन्धित प्रदेशमा जान नसक्ने ४९ जनालाई छहारी होममा राखिएको छ भने १० जनालाई कोहिनुर होटलमा राखिएको छ । कोहिनुरको व्यवस्थापन स्वरोजगार महिला संघले गरेको हो ।