जिन्दगीलाई मानिसहरूले आफ्नै तरिकाले परिभाषित गर्ने गरेका छन् । कसैले यसलाई जात्राको संज्ञा दिएका छन् । प्रश्न उठ्छ के हाम्रो जिन्दगी जात्रा हो त ? सरसर्ती हेर्दा जात्राजस्तो नलागे पनि जिन्दगीका उकाली ओरालीमा आउने कम्पनहरूले यसलाई जात्रामय बनाइदिन्छ । जीवन जिउने क्रममा जिन्दगीरूपी गाडी अगाडि बढिरहेको हुन्छ । तर, के थाहा कि जिन्दगीको गाडी सधँै सहि दिशातर्फ नै दगुर्छ भनेर । कहिलेकाहिँ त सोच अनि यथार्थ फरक परिदिन्छ । अनि यस्तो अवस्थामा हामीले सोचेको कुरा विपरीत तरिकाले चलिदिन्छ । हामीले जे सोचेर जिन्दगीको गाडीलाई अगाडि बढाउँदछौँ त्यही कुरा नै विपरीत तरिकाले चलिदिएपछि जीवनको अस्तित्व जात्रा शिवाय अरू केही पनि बाँकी रहँदैन ।
वास्तवमा भन्ने हो भने जिन्दगी एउटा यात्रा हो । जब यात्राको कुरा उठ्दछ तब गन्तव्यले महत्वपूर्ण भूमिका खेल्दछ । यात्रा भन्ने वित्तिकै एक निश्चित ठाउँबाट अर्को ठाउँमा पुग्ने भन्ने बुझिन्छ र हामी जुन ठाउँमा पुग्दछौँ त्यहि नै गन्तव्य हुन आउँछ । गन्तव्यको ज्ञानले हामी सहि ठाउँमा आफूले सोचेको समयमा पुग्न सक्दछौँ । निश्चित गन्तव्यविनाको यात्रा भयो भने हामी कुन भिडमा रूमलिन्छाँै भन्ने थाहा हुँदैन । यो यात्राले हामीलाई कहाँ पुगेर ठक्कर दिन्छ भन्ने पनि थाहा हुँदैन । अनि यस्तो वेलामा यात्रा आफैँमा यात्रा नभै जात्रातर्फ मोडिन पुग्दछ ।
वास्तवमा भन्ने हो भने जिन्दगी एउटा यात्रा हो । जब यात्राको कुरा उठ्दछ तब गन्तव्यले महत्वपूर्ण भूमिका खेल्दछ । यात्रा भन्नेबित्तिकै एक निश्चित ठाउँबाट अर्को ठाउँमा पुग्ने भन्ने बुझिन्छ र हामी जुन ठाउँमा पुग्दछौँ त्यही नै गन्तव्य हुन आउँछ । गन्तव्यको ज्ञानले हामी सहि ठाउँमा आफूले सोचेको समयमा पुग्न सक्दछौँ । निश्चित गन्तव्य बिनाको यात्रा भयो भने हामी कुन भिडमा रूमलिन्छौँ भन्ने थाहा हुँदैन
यात्रा निरन्तर चलिरहने प्रक्रिया हो । एउटा सानो खोला पनि समुन्द्रलाई भेट्न आतुर हुँदै खहरेको रूपमा आफ्नो गतीलाई तीव्र बनाए हिँडेजस्तै हाम्रो जिन्दगीको यात्रा पनि । यो धर्तीमा पाइला टेकेकै दिनदेखि तीव्र गतिमा अगाडि बढ्दछ । जन्मेदेखि सुरु भएको हाम्रो यात्रा यो धर्तीबाट नअस्ताउन्जेल कायमै रहिरहन्छ । यो बीचमा हाम्रो सहयात्री भनेको सुखदुःख नै हुन्छ । सुखदुःख त जिन्दगी जिउने सवालमा एक सिक्काका दुई पाटा नै हुन भन्दा पनि फरक पर्दैन । हुन त सबैले आफ्नो जिन्दगीको यात्रा खुसीको बाटोतर्फ मोडिएको हेर्न चाहन्छन् । यसका लागि अनेक सपनाहरू बुन्दै आफ्नो यात्रालाई निरन्तरता दिन्छन ।
सपनाको संसार आफैँमा राम्रो छ र हामीलाई सपना देख्ने अधिकार पनि छ । कहिलेकाँहि जिन्दगीको मोडमा आउने अवरोधलाई छिचोल्न पनि हामी सुन्दर भविष्यको सपना देखिरहेका हुन्छौँ । हामीले देखेको सपना वास्तविकतामा परिवर्तन भएमा जिन्दगी नै हराभरा भई सुखी जीवनको खोजसहित अगाडी बढ्दछ । तर, हामीले देखेको सपना पानीको फोकाजस्तै बनेर फुटिदियो भने जिन्दगीको यात्राले दुःखलाई सारथी बनाउनु सिवाय अरू केही बाँकी हुँदैन । हतारको निर्णय अनि फुर्सदको पछुतोले पनि हाम्रो यात्रालाई यो मोडतिर धकेलिदिन्छ ।