अर्घाखाँचीमा उपचारपछि घर फर्कदै गर्दा मृत्यु भएका ५७ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।बुटवलमा उपचार गरी घर फर्कदै गर्दा उनको बाटोमा मृत्यु भएको थियो ।
मालारानी गाउँपालिका ब्याडपाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गरी फर्कंदै गर्दा बाटोमै मृत्यु भएको थियो ।स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकृत विजय बरालले कोरोनोका कारण उन्को मृत्यु भएको पुष्टि गरेका हुन् ।