काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले खान नपाएकै कारण ज्यान जाने अवस्थाको अन्त्य गरेको दाबी गर्नुभएकाे छ । दोस्रो विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्नुहुँदै खान नपाएकै कारण ज्यान जाने अवस्थाको अन्त्य गरेकाे उहाँले दाबी गर्नुभएकाे हाे ।
‘हाम्रो संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेको छ। नागरिकको खाद्य सम्बन्धी हकलाई परिपूर्ण बनाउँदै सरकारले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नीति तय गरी कार्यान्वयनमा ल्याएको छ। खान नपाएकै कारण ज्यान जाने अवस्थाको हामीले अन्त्य गरेका छौं,’ जारी सन्देशमा भनिएकाे छ ।