भारतका प्रसिद्ध चलचित्र निर्माता, लेखक तथा निर्देशक बासु चटर्जीको ९३ बर्षको उमेरमा बिहीबार निधन भएको छ ।
केही समयदेखि अस्वस्थ रहेका उनको आफनै निवास मुम्बईमा निधन भएको हो । पिया का घर, उस पार, रजनीगन्धा, छोटी सी बात, चितचोर जस्ता सय भन्दा बढी उत्कृष्ट चलचित्रको निर्देशन गरेका थिए ।चटर्जीले सात पटक फिल्म फेयर अवार्ड तथा एक पटक राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेका थिए ।