जिल्ला प्रशासन कार्यालय बाँकेले समयतालिका मिलाएर पसल खुल्ने व्यवस्था गरेको छ ।सर्वदलीय, सर्वपक्षीय बैठकको सुझावका आधारमा हरेक दिन ११ बजेदेखि ३ बजेसम्म फरक–फरक दिन फरक–फरक पसल खोल्न दिने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले आइतबार र बुधबार मोबाइल र इलेक्ट्रोनिक्स, पुस्तक, फोटो स्टुडियो, छापाखाना, फर्निचर, फर्निसिङ र भाडा पसल सञ्चालनमा आउने जानकारी दिए ।
सोमबार र बिहीबार कपडा, फेन्सी, जुत्ता, चप्पल, कस्मेटिक, चस्मा, गरगहना पसल सञ्चालन गर्न दिइने छ भने मंगलबार र शुक्रबार अटो मोबाइल्स, कोल्डस्टोर, जुस, मोटरसाइकल, साइकल पसल र अन्य पसलहरु खुल्ला रहने बताइएको छ ।प्रशासनले अनुमति पत्र आवश्यक नपर्ने, प्रशासनको पास चाहिने वा सम्बन्धित निकायको पास चाहिने सवारी साधनको छनौटसमेत गरेको छ ।