करिब साढे २ महिना लामो लकडाउन जेठ २५ गतेबाट खुकुलो हुने भएको छ । आर्थिक गतिविधि ठप्प भएको र जनताको दैनिकि नै कष्टकर बनेको भन्दै आगामी आइतबारबाट लकडाउन खुकुलो बनाउने तयारीमा सरकार जुटेको छ ।
संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रलाई नखोली, अत्यधिक संक्रमण भएको जिल्लामा भने लकडाउन कायम राख्दै कम संक्रमित रहेको जिल्ला / क्षेत्र तथा संक्रमण दर एंव संक्रमितको संख्या न्यून रहेका क्षेत्रहरू खुकुलो बनाउने गरी छलफल अगाडि बढेको स्वास्थ मन्त्रालयले जनाएको छ ।