सरकारले आर्थिक वर्ष २०७७र०७८ को लागि ल्याएको बजेटको संसद्मा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदले समर्थन जनाए पनि प्रतिपक्ष दलले विरोध गरेका छन्। आइतबारको बैठकमा आर्थिक वर्ष २०७७र७८ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिने सांसदहरूले बजेट कार्यान्वयन गर्नतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।
सांसदहरूले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा कमा र फुलिस्टप पनि संशोधन नहुने हो भने सदनमा सुझाव दिनुको पनि अर्थ नभएको भन्दै असन्तुष्टि जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।