कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का वडा अध्यक्ष कल्लु रानाको आफ्नै वडाको राष्ट्रिय माविस्थित क्वारेन्टाइन व्यवस्थापनमा जुटेका बेला गएराति मृत्यु भएको हो ।
नगरपालिकाका प्रमुख कर्ण हमालले दिनभर क्वारेन्टाइन व्यवस्थापनमा खटिएका ५८ वर्षिय रानाको खाना खाएर राति साढे १० बजे फेरि क्वारेन्टाइनमा गएका बेला बेहोस भएपछि मृत्यु भएको बताए ।