वीरगन्जको नारायणी अस्पतालबाट एकै पटक ४३ जना कोरोना संक्रमित निको भएर सोमबार घर फर्किएका छन् । डा. सिंहले आइसोलेसनमा आएदेखि सबै संक्रमितहरुको पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए । सोमबार डिस्चार्ज हुने सूचीमा २ जना वीरगन्जका पत्रकारहरु पनि छन्। डिस्चार्ज हुने ४३ जनामा सर्लाहीका १ जना र पर्साका ४२ जना रहेका छन् । जसमा पर्साको वीरगन्ज, धोबिनी गाउँपालिका र छिपहरमाई गाउँपालिकाका रहेका छन्।
अब पर्सामा गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा २७ जनामात्र संक्रमित रहेका छन् । यस अघि आइतबार राति ११ बजे वीरगन्ज-३ छपकैयाका एकै परिवारका १८ जना डिस्चार्ज भएका थिए । कोरोना भाइरसको संक्रमणलाई जितेर नारायणी अस्पतालबाट मात्रै दुई दिनमा ६१ जना डिस्चार्ज भएका छन् ।