नेपाल दलित विद्यार्थी संघले अगुवाईमा मंगलबार दिउँसो माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछाड्न माग गरेका छन् ।
अन्तरजातीय विवाहको विषयमा भएको विवादमा गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकसहित तीन जनाको मृत्यु भएको थियो भने भेरी नदीमा फालहालेका अरु तीन जना अझै वेपत्ता छन् ।