जेठ ११ भेरि नगरापलिका ४ जाजरकोटकी उर्मिला विश्वकर्माका आँखा हिजो साँझबाट झरिमय बनेका छन् । पिडाले नराम्रोसँग थिचेको छ ।आँखावरिपरि छोराको तस्बिर छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीकी सुस्मा मल्ल सँगको सम्बन्धका कारण ज्यान नै गुमाउनु प¥यो । उनका छोरालाइ केटिले घरमै लिन आउ भनेर आग्रह गरेपछि १९ जना युवा लिएर उनी केटिको घरमा पुग्दा भएको आक्रमणमा उनको मृत्यू भएको थियो । दिउसो एकबजेतिर घरबाट निस्केको छोरा जब राती एक बजे भेरीमा मृत अवस्था भेटिएको खबर पाएसँगै उर्मिलाको होस गुमेको छ ।
छोराको मृत शरिर अस्पतालमा छ । आफूमा परेको यो बज्र डटेर सामान गर्ने ह्वाउ समेत उनीसँग छैन । उनी छोरालाइ अमानवीय रुपमा हत्या गर्नेलाइ कारबाहिको माग गर्दै विभिन्न ठाउँमा धाउन थालेकि छिन् । उनले प्रहरीलाइ समेत आगं्रह गरिन । उनी आफुमाथि परेको अन्यायमा साथ देउ , न्याय देउ भनि भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्ति सँग पनि कार्यकक्षमा पुगैरै विन्ति विसाइन ।
इनेपाल खबरले फोन सम्पर्क गरी घटना बारे बुझ्न खोजेको छ । यस्तो छ घटना बारे मृतक नबराज विककी आमा उर्मिलाको भनाइ जस्ताकौ तस्तै ः
नवराजले भर्खरै बाह् कक्षा पास गरेको थियो । उ अहिले २० बर्षको भयो । उ मेरो एकमात्र छोरा हो ।बाह्र कक्षा पास गरेर अहिले प्रहरीमा भर्तिको लागि देखिएको पनि थियो ।तर यस्तो भैदियो (उनी रुन थालीन) छोरालाइ मारिदिएछन् । प्रहरीमा भर्ति हुन ठिक्क भएर बसेको थियो अरु सबैमा पास भएर इन्टरभ्यू बाकि थियो भन्थ्यो । भाइरसले गर्दा जताजतै कठिन भएको थियो। र हामी पनि यसकै कारण प्रभावित थियौ । जनतन घर चलिरहेको थियो । सखदुख बाचिएकै थियो ।हिजो शनिबार भएकोले उसले(नवराजले) आफैले खाना बनायो । कपाल लामो भएकोले कपाल काट्न जा भनेर गयो तर सबै बन्द भएकोले नकाटि फर्कियो। हामीलाइ पनि खाना खुवायो । शनिबार भएकोले मैले लुगा धुने नुहाउने काम गरे । एक बजेको हुदो हो छोरा घरबाट निस्केको कतै जान्छु भनेर भनेन । उ त्यतिखेरै निस्केको थियो । ( उनी फेरि घुक्क गर्न थाल्छिन् ) आज मलाइ जे परेछ त्यो कसलाइ प¥या होला र ?
त्यसैले मेरो छोराको ज्यान लिइ मलाइ चौधारा रुवाइ । हिजो दिनभरी घरमा नआएपछि तिनबजेतिर मैले फोन गरे । फोन लागेन । फेरि साढे ५ बजेतिर भाइ बलबहादुरको फोन मागेर फोन गर्दा नवराजले उठायो । कहाँ छस भनेर सोध्दा म काफल खाना आको छु भनेर भन्यो । कुन ठाउँमा गाछस काफल खाना भन्दा फोन काट्यो । त्यहि नै मेरो अन्तिम पटक छोरासँग फोन भयो । त्यहि आवाज त्यहि बेलाको अन्तिम बोली अहिले कानमा गुन्जिएको छ । मेरो बाबु के दसाले त्यहाँ पुगेछ (उनी फेरि रुन थालिन् । ) अरुले भनेको सुनेको १७,१८ जना केटाहरु लिएर गएको थियोरे । त्यहि केटिले लिन आउ भनेर बोलाएकी थिइ भन्ने पनि सुनाए । नबोलाएको भए त्यसरी केटा बोकेर जाने थिएनन् अझै साझतिर कोहि कोहीले त दुलहि लिन गाछ नवराज भनेर पनि हल्ला गरेका थिएरे मैले अर्कैबाट सुने। थाहा अनलाइन