काठमाडौँको हल्चोकस्थित प्रहरी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्की मृ’त फेला परेका छन् । राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठामा गएका उनी बिहान मृ’त फेला परेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उनको कच्चटमा गो ली लागेको पाइएको छ ।
उहाँका अनुसार आज बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा कोठामा चुकुल लगाइएको थियो । ढोका फो’रेर हेर्दा कञ्चटमा गोली लागेको अवस्थामा मृ’त फेला परेको उहाँले जानकारी दिनुभयो । कार्कीले आफ्नै पे’स्तोलले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमखु प्रहरी नायब महानिरीक्षक पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।