धनुषाको नगराइन नगरपालिकामा रहेको क्वारेन्टाइनस्थलमा रहेका ५ जनामा को’रोना सं’क्रमण पुष्टि भएपछि क्वारेन्टाइनलाई सिल गरिएको हो। एक हप्ताको अवधिमा पाँच जनामा को’रोना सं’क्रमण पुष्टि भएपछि क्वारेन्टाइनलाई सिल गरिएको प्रादेशिक क्वारेन्टाइन गंगुलीका संयोजक सन्तोष ठाकुरले जानकारी दिए।
प्रादेशिक क्वारेन्टाइनमा भारतको विहार, उत्तरप्रदेश, दिल्लीबाट प्रहरीलाई छलेर नेपाल प्रवेश गरेकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ। जसमा पाँच जनामा एक साता भित्रै को’रोना पोजिटिभ पाइएको छ। क्वारेण्टाइनमा रहेकाहरु मध्ये जेठ ३, ४, ६ गते गरी ५ जनामा को’रोना सं’क्रमण पुष्टी भएको थियो। सो क्वारेन्टाइनस्थललाई नेपाली सेनाको सहयोगमा सील गरिएको क्वारेन्टाइन स्थलका संयोजक सन्तोष ठाकुरले बताए।