काठमाडौँ, ८ जेठ । जिल्लामा आरडिटी विधिबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आउनेको पिसिआर विधिबाट जाँच गरिएको छ । पिसिआर विधिबाट जाँच गर्न स्वाब सङ्कलन गरी ५० जनाको प्रादेशिक अस्पतालमा पठाइएको थियो ।
तीमध्ये ४७ मा कोरोना भाइरस नेगेटिभ आएको सिन्धुली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. प्रसन्नजङ्ग राजभण्डारीले जानकारी दिएका छन् । उनले भने, “आरडिटी विधिबाट जाँच गर्दा पोजेटिभ आउने २७ र अरु केही व्यक्तिको गरी ५० जनाको मङ्गलबार थ्रोट स्वाब पठाइएकामध्ये ४७ जनाको रिपोर्ट आएको छ ।”