शैक्षिक सत्र समाप्तिसँगै नयाँ वर्व २०७७ देखि सरकारी सेवामा प्रवेश गर्न चाहने र विगतका दिनदेखि यसैका लागि भनेर घोटिएर बसेका विद्यार्थीहरु लकडाउनको मारमा परेका छन् । अन्तिम घडीमा आएर लोकसेवाको परीक्षा स्थगित हुँदा सरकारी सेवामा आउन चाहने हजारौँ सङख्याका विद्यार्थीमा अन्योल र मानसिक विचलित अवस्था देखापरेको छ ।
सरकारले चैत्र ११ गतेदेखि हालसम्म लकडाउनको अवधि चरण चरणमा थप्दै आएको छ । महामारीको परिस्थिति सामान्य नहुँदासम्मका लागि एसईई, त्रिबि तथा लोकसेवा आयोग लगायतले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गराउँदै आएका छन् ।
राज्यको स्थायी संयन्त्रका रुपमा रहेको निजामति प्रशासनलाई कर्मठ, योग्य जागरुक ऊर्जावान वनाउन जनशक्ति पूर्ति गर्ने एकमात्र निष्पक्ष निकायको रुपमा लोकसेवा आयोगलाई चिनिन्छ । नेपालको संविधान भाग २३ मा लोकसेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ, जसले निजामति सेवा, नेपाल प्रहरी सशस्त्र प्रहरी वल, नेपाल र अन्य संघीय सरकारी सेवाको रिक्तपदका लागी पदपूर्ति गर्न लिइने लिखित तथा मौखिक परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ