गृहमन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरेको हो । जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेको हो।
यसअघि वैशाख २७ गते उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर-उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमले पनि सरकारलाई उपत्यका प्रवेशमा कडाई गर्न माग गरेको थियो ।
स्थानीय तहको माग अनुसार उपत्यका छिर्ने नाका बन्द गर्ने गरी गृहमन्त्रालयले पत्र सबै स्थानीय तहलाई पठाएको हो । गृहमन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न आग्रह गरिएको छ ।