निगमको वाइडबडी ए–३३० जहाजले आगामी जेठ २३ गते (मे ५ तारिख) अष्ट्रेलियाको राजधानी क्यान्बेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ ।
नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिक र छुट्टीमा आएका पिआर होल्डर नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्र्टर्ड गरी लैजान लागेको हो ।
निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ । नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता भइसके पनि नियमित उडान हुनसकेको छैन ।
निगमले यसअघि चीनको बेइजिङ, चाङ्सा र ग्वान्जाओमा कार्गो चार्टर्ड उडान गरिसकेको छ । पछिल्लोपटक मङ्गलबार र सोमबार निगमको दुई वाइडबडी जहाले कार्गो उडानमार्फत ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । ती स्वास्थ्य सामग्री नेपाली सेनाले खरिद गरेको हो । रासस